+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल सुपर लिगमा झापा र वीरगञ्जले बराबरी खेल्दै अङ्क बाँडे

अत्रिदेव खबर
२०८० मंसिर २२, शुक्रबार


काठमाण्डौ : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । झापा दोस्रो हाफको अन्तिम २० मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पुछारमा रहेको वीरगञ्जको ४ खेलमा २ अङ्क छ भने आठौँ स्थानमा रहेको झापाको ४ खेलमा ३ अङ्क छ ।

भोलि दुई वटा खेल हुनेछन् । दिउँसो एक बजे धनगढी एफसी र स्पोर्टिङ इलाम तथा बेलुका ५ बजे साविक विजेता काठमाण्डौ रेजर्स र बुटवल लुम्बिनीबीच खेल हुनेछ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी छन् ।

२०८० मंसिर २२, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २२, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ