+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते

अत्रिदेव खबर
२०८२ चैत्र २१, शनिबार

काठमाण्डौ : संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन् । घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन् । घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ ।

अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ । घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।

यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।

२०८२ चैत्र २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ