काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक पक्षहरूबाट प्रस्ताव माग गरेको छ ।
क्यानले प्रकाशित गरेको सूचनाअनुसार प्रायोजनका लागि वार्षिक न्यूनतम ६० लाख रुपैयाँको प्रस्ताव आवश्यक हुनेछ । तीन वर्षको अवधिका लागि हुने यो प्रायोजन सम्झौता आपसी सहमतिमा थप बढाउन सकिनेछ । प्रायोजक ब्रान्डको लोगो नेपाल महिला क्रिकेट टिमको जर्सीको अगाडिको भागमा राखिने व्यवस्था छ ।
आगामी १३ भदौसम्म प्रस्ताव पेस गर्न सकिने क्यानको पत्रमा उल्लेख छ ।

२०८२ श्रावण २८, बुधबार