+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रिकेटर राजवंशीद्वारा ‘जनता आवास’ घर अस्वीकार: ‘मभन्दा विपन्नलाई दिनुहोस्’

अत्रिदेव खबर
२०८२ भाद्र ५, बिहिबार

विराटनगर : नेपाली क्रिकेट खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रमअन्तर्गत आफ्नो परिवारका लागि बनाइदिने भनिएको घर नलिने घोषणा गरेका छन् । उहाँले आफू घर बनाउन सक्षम रहेको भन्दै जसका लागि बजेट विनियोजन भएको हो, त्यही विपन्न समुदायलाई घर बनाइदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राजवंशीले भन्नुभयो, “त्यो घर विपन्नका लागि बनाइदिने हो। जसका लागि आवश्यक हो, उसैलाई दिनु। म अहिले आफ्नो परिवार राख्ने घर बनाउन सक्षम छु।” उहाँले यसअघि नै घर बनाउने योजना भए पनि आमाको निधनका कारण रोकिएको जानकारी दिनुभयो।

केही दिनअघि मात्र प्रदेशसभा सदस्य अमृत अर्यालले ललित राजवंशीकी आमाको निधनमा श्रद्धाञ्जली दिन पुग्दा जनता आवास कार्यक्रममार्फत घर बनाइदिने घोषणा गर्नुभएको थियो। मोरङ क्षेत्र नम्बर ५ (२) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अर्यालको सो निर्णयको प्रशंसा समेत भएको थियो। तर, राजवंशीले सरकारले सहानुभूतिस्वरूप केही दिन्छ भने त्यो फरक कुरा भएको तर विपन्नका लागि आएको बजेट आफैंले नलिने स्पष्ट पार्नुभएको छ। उहाँको परिवारको नाममा विराटनगरभित्रै एक बिघा जग्गा रहेको बताइएको छ।

२०८२ भाद्र ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ