+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पार्टी पुनर्गठनको लागि प्रचण्डको प्रस्ताव- तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण, ६ महिनाभित्रै महाधिवेशन

अत्रिदेव खबर
२०८२ चैत्र २१, शनिबार

काठमाडौं  : नेपाली कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गर्ने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संयोजन समितिको बैठकमा आगामी कार्य योजनासहितको प्रस्ताव अघि सारेका हुन्।

पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने उनको निष्कर्ष छ। पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नको लागि १० बुँदे प्रस्ताव राखेका छन्।

अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने र ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ। चुनावी हारपछि पार्टी नेतृत्वबाट प्रचण्ड, सहसंयोजक माधव नेपालसहित सबै शीर्ष नेताहरूलाई नेतृत्व छाड्न दबाब छ।
यो प्रस्तावमा थप छलफल सोमबार बस्ने पार्टीको बैठकमा हुनेछ।
यी हुन् प्रचण्डले अघि सारेको १० बुँदे प्रस्ताव
क. सङ्गठन समायोजन र निर्माण: पार्टी सङ्गठन र पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका लागि एक महिनाभित्र पालिका तहसम्मका भएका सबै सङ्गठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ सङ्गठन निर्माण गर्ने। तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने ।
ख. पार्टी सदस्यता नवीकरण र अधिवेशन ः अबको तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने।
ग. एकता महाधिवेशनको आयोजना अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने।
घ. नेतृत्वको पुनर्गठन र रूपान्तरण ः पार्टी सङ्गठनको मात्र होइन नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका निम्ति पनि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्दछ ।
ङ. प्रशिक्षण अभियान ः सङ्गठन समायोजन र पुनर्गठनसँगै सघन रूपमा सैद्धान्तिक÷वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ। व्यवस्थित पाठ्यक्रम बनाएर सघन प्रशिक्षण अभियान सञ्चालन गर्ने।
च. आर्थिक कोश निर्माण अभियान ः पार्टीलाई सङ्गठन र विचारको साथै आर्थिक रूपले पनि सबल बनाउनु आवश्यक छ। त्यसका लागि आर्थिक कोश निर्माण अभियान सञ्चालन गर्ने।
छ. प्रभावकारी रचनात्मक प्रतिपक्ष ः संसद्मा प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने। राष्ट्र र जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले प्रस्तुत हुने।
ज. प्रदेश र स्थानीय तह ः परिचालन प्रदेश र स्थानीय तहमा रहेका हाम्रो पार्टी सङ्गबद्ध जनप्रतिनिधिहरूलाई अझ बढी जनपक्षीय काम गर्ने गरी परिचालन गर्ने।
झ. प्राविधिक क्षमता विकास ः प्राविधिक ज्ञानविनाको पार्टीले अब काम गर्न सक्दैन भन्ने प्रस्ट भएको छ। त्यसैले पार्टीका नेता र कार्यकर्ताको प्राविधिक क्षमता विकासका निम्त अभियान चलाउनु पर्दछ ।
ञ. कार्यशैली र आचरण सुधार ः पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार गर्नु आवश्यक छ। यसको पनि ठोस कार्ययोजना बनाउनु पर्दछ ।

२०८२ चैत्र २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ