+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुखडमा कटैनी र कान्द्रा उपजलाधार सञ्जालको पहिलो बैठक, विपद् व्यवस्थापनमा सक्रियता बढाउने निर्णय

अत्रिदेव खबर
२०८२ चैत्र १६, सोमबार

सुखड: सुखडमा कटैनी र कान्द्रा उपजलाधार सञ्जालको पहिलो बैठक, विपद् व्यवस्थापनमा सक्रियता बढाउने निर्णय

कैलालीको सुखडमा कटैनी उपजलाधार नागरिक सञ्जाल र कान्द्रा उपजलाधार नागरिक सञ्जालको पहिलो छुट्टाछुट्टै बैठक सम्पन्न भएको छ। कटैनी सञ्जालका संयोजक हरिप्रसाद तिवारी र कान्द्रा सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा जलाधार व्यवस्थापनका विषयमा विभिन्न निर्णय गरेको हो।

बैठकले प्रत्येक दुई महिनामा नियमित रूपमा बैठक बस्ने, कार्ययोजना निर्माण गर्ने तथा राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला निकायसँग निरन्तर संवाद र समन्वय गर्ने निर्णय गरेको छ। साथै, प्रकोप नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने, जोखिम तथा अति जोखिम क्षेत्रको पहिचान गर्ने र एकीकृत विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति भएको छ।

नागरिक सञ्जालले कटैनी र कान्द्रा नदी आसपासका विपद् जोखिम क्षेत्र पहिचान गर्दै जलाधार संरक्षणका विषयमा बहस, छलफल र पैरवी गर्ने तथा प्रकृतिमा आधारित समाधानका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सहमति संस्थाका परियोजना संयोजक शिव सुवेदीका अनुसार यस्ता कार्यक्रमले दीगो रूपमा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल सहमति संस्था, डब्लुडब्लुएफ, आइएफआरसी र नेपाल रेडक्रस सोसाइटी कैलालीको सहकार्यमा गौरिगंगा, मोहन्याल, घोडाघोडी, भजनी र कैलाली गाउँपालिकाबाट बग्ने कान्द्रा र कटैनी नदी क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउँदै जलाधार संरक्षण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित सञ्जालले आगामी दिनमा थप सक्रियता बढाउने जनाएको छ।

२०८२ चैत्र १६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र १६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ