+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हर्क साम्पाङले संसदकाे पहिलो सम्बोधनमै राखे ‘एमसीसी’ खारेजको मुद्दा

अत्रिदेव खबर
२०८२ चैत्र १९, बिहिबार

काठमाण्डौ : सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पहिलो संसदीय सम्बोधनमा अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको मुद्दा उठाएका छन् ।

संसद चल्नुभन्दा अगाडि यही माग राख्दै आएका साम्पाङले नेपाल कुनै पनि देशको सामरिक पक्षमा हुनु नहुने भन्दै एमसीसी खारेजको प्रस्ताव राखेका हुन् ।

साम्पाङले संयुक्त राष्ट्रसंघमा गएर नेपालको सिमाना कायम हुनुपर्ने बताए भने सुकुम्बासी बस्तीमा चलेको डोजर र वृद्धभत्ताको उमेरको कुरामा पनि सरकारलाई सचेत गराए । उनले धनी र गरिब दुवैका लागि सरकारले काम गर्नुपर्ने बताए । भने, ‘उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा व्यवहारमा देखाउनपर्छ ।’ भूपू गोर्खाको समान पेन्सनका मुद्दा पनि साम्पाङले सदनमा उठाएका छन् ।

२०८२ चैत्र १९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र १९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ