काठमाण्डौ : नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले पछिल्ला १८/२० वर्षंमा देशले धेरै विकास भए पनि नवयुवाले शासन र सुशासनमा नवीनता खोजेको बताएका छन् ।
प्रतिनिधिसभासभा बैठकमा बिहीबार बोल्दै पुनले देशमा केही नभएको भन्ने भाष्यमा सत्यता नभएको बताए । ‘हामी लोकतान्त्रिक गणतन्त्रमा आएकपछि धेरै विकास भएको छ । १८ वर्ष अघि १९ हजार किमी सडक थियो । आज सवा लाख किमी बाटो बनेको छ । विद्युतीकरण भएको छ,’ उनले भने, ‘नवयुवाले यो कुरा स्वीकार गरेनन् । यस प्रकारको शासन र सुशासनले पुगेन भनेका हुन् ।’
२०८२ चैत्र १९, बिहिबार