+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइपीएलमा सन्दीप लामिछाने बिकेनन्

Bhojpur paani
अत्रिदेव खबर
२०७७ फागुन ६, बिहिबार

अत्रिदेव खबर/६फागुन

दिल्ली ः नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा ’अनसोल्ड’ भएका छन्।

चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो। तर सन्दीपलाई खरिद गर्न कुनै पनि टोलीले रुचि देखाएनन्। अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन्। अनसोल्ड भएका खेलाडी अन्तिम समयमा बिक्रि भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ।

सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए। सन्दीप न्यूनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए।

सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कूल ९ खेलमा १३ विकेट लिएका थिए।

२०७७ फागुन ६, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन ६, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर