+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एट्लेटिको म्याड्रिड, बार्सिलोनाभन्दा ११ र रियल म्याड्रिडभन्दा ८ अंकले अगाडि

Bhojpur paani
अत्रिदेव खबर
२०७७ फागुन १, शनिबार

अत्रिदेव खबर\१फागुन
स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार साँझ भएको खेलमा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ग्रानडालाई २(१ गोलले हराएको छ।
ग्रानडाको मैदानमा भएको खेलमा एट्लेटिकोका मार्कोस लोरेन्ट र एन्जेल कोरियाले गोल गरे। निर्णायक गोल कोरियाले ७४ औँ मिनेटमा गरेका थिए, लोरेन्टको पासमा। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३ औँ मिनेटमा एट्लेटिकोले अग्रता लिएको थियो।
लोरेन्टले कोकेको पासमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटलगत्तै ग्रानडाले खेल बराबरीमा ल्याएको थियो। यान्जेल हेरेराले घरेलु टोलिका लागि गोल गरेका थिए।

एट्लेटिकोले घरेलु लिगमा पछिल्ला १० खेलयता हार ब्यहोरेको छैन। यसबीचमा उसले एक बराबरीको नतिजा निकालेको छ। अघिल्लो खेलमा सेल्टा भिगोसँग २(२ गोलको बराबरीमा रोकिएको थियो। ला लिगामा एट्लेटिकोले यो सिजन एक मात्र हार ब्यहोरेको छ। डिसेम्बर १२ मा भएको खेलमा उसले रियल म्याड्रिडसँग २(० गोलको व्यहोरेको थियो।

यो सिजन २१ खेलबाट ५४ अंक भएको एट्लेटिको तालिकाको शीर्षस्थानमा छ। २२ खेलबाट ४६ अंक भएको रियल म्याड्रिड दोस्रोमा छ। २१ खेलबाट ४३ अंक भएको बार्सा तेस्रोमा छ।

२०७७ फागुन १, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन १, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर