+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘ह्रस्व दीर्घ’ मा नीताको लुक्स यस्तो देखियो

अत्रिदेव खबर
२०८१ जेष्ठ ३०, बुधबार


अत्रीदेव खबर / अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको फिल्म ‘ह्रस्व दीर्घ’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने तय छ।
यो फिल्मको मंगलबार नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसबाट अभिनेत्री नीताको लुक्स सार्वजनिक भएको छ।
पोस्टरमा रातो रंगको पहिरनमा रहेकी नीता हातमा बज्र लिएर उभिएकी छन्। दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अलीसँगै नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई पनि पोस्टरमा देख्न सकिन्छ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रदीप रावत, प्रशान्त ताम्राकार, सरोज खनालको पनि अभिनय छ।
नीता ढुंगाना निर्माता रहेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्।

२०८१ जेष्ठ ३०, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ ३०, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ