+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फिल्म ‘महाभोज’ देशभरका हलहरूमा प्रदर्शनमा

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आजबाट देशभरका फिल्म हलहरूमा प्रदर्शनमा आएको छ। करिब २ सय शोसहित देशव्यापी प्रदर्शनमा आएको यो फिल्मले दर्शकको ध्यान खिचेको छ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरूङ को मुख्य भूमिका रहेको यस फिल्मले सहकारीमा जम्मा भएको रकम अपचलनको कथा लाई उजागर गर्छ।फिल्ममा एक बैंक ऋण प्रबन्धकको कथा प्रस्तुत गरिएको छ, जसलाई पैसाको असाध्यै आवश्यकता छ। जब उसले आफ्नो बुबासँग पैसा माग्छ, तब उसलाई थाहा हुन्छ कि बुबाको कडा परिश्रमले कमाएको बचत एक भ्रष्ट सहकारी र व्यक्तिहरूको समूहले आफ्नो फाइदाका लागि प्रयोग गरेको छ। न्यायको खोजीमा दृढ संकल्पित उनी अपराधीहरूलाई पर्दाफास गर्न र आफ्नो बुबाको पैसा फिर्ता लिन अगाडि बढ्छन्।

‘महाभोज’ ले काठमाडौंसहित पोखरा, बुटवल, विराटनगर र धरानमा गरिएको प्रिमियर शोहरूमा दर्शकहरूबाट निकै उत्साहजनक प्रतिक्रिया पाएको थियो।क्लक् वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्।

केही दिनअघि सेतोपाटीमा यो फिल्मका कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतबीच भिडिओ कुराकानी भएको थियो।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ