+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बहुप्रतिभाशाली गायक रवि शर्माको नयाँ गीत ‘पागल दुनिया’ सार्वजनिक

अत्रिदेव खबर
२०८२ भाद्र १३, शुक्रबार

काठमाडौं : नेपाल आइडलको टप १० मा पुगेका बहुप्रतिभाशाली गायक रवि शर्माले हालै आफ्नो नयाँ गीत ‘पागल दुनियाँ’ सार्वजनिक गरेका छन्। यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा राखिएको छ।

गायक शर्माकै उत्कृष्ट स्वर रहेको यस गीतमा पुष्कर खत्रीको आकर्षक संगीत संयोजन रहेको छ। गीतमा प्रयोग भएका दोसताजका हृदयस्पर्शी शब्दहरूले ‘पागल दुनियाँ’ को कथालाई जीवन्त बनाएका छन्। गीतको भावुक प्रस्तुतिले प्रेम र जीवनका यथार्थलाई केलाउन खोजेको छ। ‘यो पागल दुनियाँमा मेरो जीवन नै शून्य भयो’ भन्ने भावना व्यक्त गर्दै यस गीतले माया र जीवनमा हुने उतारचढावलाई मार्मिक रूपमा चित्रण गरेको छ।

गीतसँगै सार्वजनिक भएको भिडियोले पनि यसको भावलाई अझ गहिराइ दिएको छ। विकास परसाईको सशक्त निर्देशनमा तयार भएको यस भिडियोको सम्पादन पनि उनले नै गरेका छन्। भिडियोको रङ संयोजनमा कल्पेश विश्वकर्माको योगदान रहेको छ। गीतमा प्रस्तुत गरिएको कथा, संगीत र दृश्यले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

यसअघि पनि आफ्नो गायनमार्फत धेरैको मन जितिसकेका गायक शर्माको यो नयाँ गीत उनको सांगितिक यात्रामा अर्को महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने देखिन्छ।

२०८२ भाद्र १३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र १३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ