काठमाडौं : भारतीय प्रीमियर लिग (आईपीएल) मा नजिरको खेल प्रदर्शन भएको छ। राजस्थान रोयल्सका १४ वर्षीय युवा ब्याट्सम्यान वैभव सुर्यवंशीले इतिहास रच्दै गुजराट टाइटन्सविरुद्ध विस्फोटक शतक प्रहार गरेका छन्। उनले जम्मा ३५ बलमा शतक पुरा गर्दै आईपीएलमा सर्वाधिक कम उमेरमा शतक बनाउने कीर्तिमान कायम गरेका हुन्।
वैभवले छक्का–चौकाको वर्षा गर्दै खेललाई आफ्नो रंगमा ल्याए। उनी आईपीएलमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। पहिलो स्थानमा क्रीस गेल रहेका छन्, जसले ३० बलमा शतक बनाएका थिए।
२१० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै गरेको राजस्थान रोयल्स वैभवको आक्रमक ब्याटिङको भरमा सहजै जिततर्फ उन्मुख भएको छ। सुर्यवंशीको साहसिक प्रदर्शनले क्रिकेट प्रेमीहरूलाई चकित पारेको छ र नयाँ पुस्ताका लागि प्रेरणा बनेका छन्।
वैभव सुर्यवंशी — नाम मात्रै होइन, अब भविष्यको चम्किलो तारा पनि सावित हुँदैछ!
२०८२ बैशाख १५, सोमबार