+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रेरणादायी भेटघाट

प्रधानमन्त्री ओली र फुटबल स्टार कार्लाेसबीच ऐतिहासिक भेट, नेपाली खेल क्षेत्रमा उत्साहको सञ्चार

अत्रिदेव खबर
२०८२ बैशाख १०, बुधबार

काठमाडौं:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार एक ऐतिहासिक क्षण देखिएको छ—विश्वकप विजेता तथा ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रेरणादायी भेटघाट भएको हो।

नेपाल सुपर लिग (NSL) को तेस्रो सिजन अवलोकन गर्न काठमाडौं आइपुगेका कार्लाेससँगको यो भेटले सम्पूर्ण खेलप्रेमी नेपाली युवाहरूमा नयाँ जोश भरिदिएको छ। प्रधानमन्त्री ओलीले कार्लाेसको आगमनलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै नेपाल–ब्राजिल कूटनीतिक सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे।

“कार्लाेसजस्ता विश्वप्रसिद्ध खेलाडीको उपस्थिति स्वयंमा नै युवालाई प्रोत्साहित गर्ने खालको हो,” प्रधानमन्त्री ओलीले भने, “नेपाल र ब्राजिलबीचको खेल सम्बन्धलाई थप विस्तार गर्दै हामी सिकाइ र अनुभव साटासाट गर्न तयार छौं।”

प्रधानमन्त्री ओलीले कार्लाेसलाई माउन्टेन फ्लाइट र चितवनको जंगल सफारीको निम्तो दिँदै आगामी दिनमा पुनः नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।

कार्लाेसले समेत आत्मीय स्वागतप्रति आभार प्रकट गर्दै नेपाली प्रधानमन्त्री, युवा तथा खेलप्रेमीसँगको भेटलाई अविस्मरणीय बताउँदै भने, “नेपाल साँच्चिकै सुन्दर छ। यहाँका मानिसहरू जति हार्दिक छन्, त्यति नै खेलप्रति समर्पित।”

विश्व चर्चित खेल व्यक्तित्वको यो भ्रमणले नेपाली फुटबल तथा सम्पूर्ण खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर प्रदान गरेको छ। कार्लाेसको आगमनसँगै NSL मात्र होइन, सम्पूर्ण नेपालमा खेलप्रतिको चासो र जोश थपिएको महसुस गरिएको छ।

यो भेटलाई धेरैले नेपाली खेलकुदको “गोल्डन मोमेन्ट” का रूपमा चित्रण गरेका छन्।

२०८२ बैशाख १०, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १०, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ