+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार तेस्रो जित निकाल्दै  वेस्ट इन्डिज सुपर एटमा प्रवेश

अत्रिदेव खबर
२०८१ जेष्ठ ३१, बिहिबार


काठमाडौं : लगातार तेस्रो जित निकाल्दै  वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।​ 

ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो।  वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।​

न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए। मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए। ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार तथा गुणकेश मोटीले तीन विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफन रादरफोर्डले ३९ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय इनिङ खेले। निकोलस पुरनले १२ बलमा १७ तथा अकिल होसेनले १५ रन बनाए।​

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन तथा लकि फर्गुसन र टिम साउदीले समान दुई दुई विकेट लिए। जेम्स निशम र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए।

तीन खेलमा अपराजित वेस्ट इन्डिज समूह सी बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली हो।  यस समूहबाट अर्को टोलीका रुपमा अफगानिस्तान र न्युजिल्यान्डको सम्भावना रहेको छ। अफगानिस्तानको प्रवल सम्भावना रहँदा न्यूजिल्यान्डको सम्भावना न्यून बनेको छ।

२०८१ जेष्ठ ३१, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ ३१, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ