+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिउँद लाग्यो,चिसो बढ्यो

अत्रिदेव खबर
१ साल अगाडी


अत्रीदेव खबर : नेपालमा यो वर्षको हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा हुदा चिसाे बढेकाे हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजिन श्रेष्ठले उच्च हिमाली भेगमा हिमपात सुरु बताइन् । हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको उनको भनाइ छ ।
अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको महाशाखाले जनाएको छ । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । उच्च हिमाली भेगको अपिनाम्पा क्षेत्र, रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ ।

उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ