काठमाण्डौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउने आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रकाे निरीक्षण गर्दै शिक्षामन्त्री पोखरेलले यस्ताे निर्देशन दिएका हुन् ।
यस्तै, मन्त्री पोखरेलले आजै चिकित्सा शिक्षा आयोगकाे पनि अवलोकन गरेका छन् । साे क्रममा मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा पढाइ सुरु नहुनुमा देखिएका कानुनी अड्चन फुकाउन आवश्यक समन्वय गर्न पनि निर्देशन दिए ।
२०८२ चैत्र २०, शुक्रबार