+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै घोडाघोडी संस्थागत विद्यालय क्लस्टरद्वारा प्री–बोर्ड मूल्यांकन सार्वजनिक

अत्रिदेव खबर
२०८२ फागुन १६, आईतबार

सुखड : घोडाघोडी संस्थागत विद्यालय क्लस्टरले कक्षा ८ र एसइई (कक्षा १०) का प्री–बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। कक्षा ८ बाट उत्कृष्ट १० जना र एसइईमा सहभागीमध्ये उत्कृष्ट १० जना विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको हो।

आज सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रम घोडाघोडी नगरपालिकाको उपप्रमुख गुलिया कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा क्लस्टरका अध्यक्ष रविलाल आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले प्रतिस्पर्धात्मक शिक्षामा गुणस्तर सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गरिन्।

अध्यक्ष आचार्यले क्लस्टरमार्फत साझा परीक्षा प्रणाली लागू गरी विद्यार्थीको वास्तविक सिकाइ स्तर मापन गर्ने प्रयास गरिएको बताए। प्री–बोर्ड परीक्षा एसइई तयारीको पूर्वअभ्यास भएको उल्लेख गर्दै उनले प्राप्त नतिजाका आधारमा आगामी रणनीति थप सुदृढ गरिने बताए।

क्लस्टरले यस वर्ष कक्षा ८ र कक्षा १० का उल्लेख्य संख्यामा विद्यार्थी सहभागी गराई साझा प्रश्नपत्रमार्फत परीक्षा सञ्चालन गरेको जनाएको छ। उत्कृष्ट १०/१० विद्यार्थीलाई सम्मान गर्दै थप मेहनत र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको बताइएको छ।

यद्यपि सार्वजनिक नतिजाअनुसार कक्षा ८ मा ३५ प्रतिशत र कक्षा १० मा ३४ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। समग्र नतिजा अपेक्षाअनुसार आउन नसकेको संकेत गर्दै क्लस्टरले अब सुधारात्मक कार्यक्रम, अतिरिक्त कक्षा र कडा शैक्षिक अनुगमनमार्फत आगामी दिनमा नतिजा उकास्ने प्रतिबद्धता जनाएको छ।

२०८२ फागुन १६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ फागुन १६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ