+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अरुणले माफी मागे, पलले दिए

अत्रिदेव खबर
४ साल अगाडी

अत्रिदेव खबर,१४फागुन
धरान ः म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुणले पलसंग माफी मागेपछि विवाद सकिएको हो ।

अरुणजीले कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको पल शाहले अत्रिदेव खबरलाई बताए । अरुणले एक सुपरस्टार नायकलाई दुव्र्यबहार गर्नु आफ्नो गल्ती भएको भन्दै कमजोरी महशुश गरेपछि सहमती भएको शाहले बताए ।

अत्रिदेव खबरसँग कुरा गर्दै पल शाहका मेनेजर कृष्ण जोशीले भने–‘अरुणजीले पनि एउटा सेलिब्रिटीमाथि आफूले व्यवहार गर्दा कमजोरी भएको स्विकार गर्नुभयो र पल शाहले पनि गल्ती मानिसबाटै हुने भएको र आफ्नो गल्ती स्विकार गरेकोमा अरुणजी लाई धन्यबाद दिएपछि बिबाद समाधान भयो ।’ विवाद मिलेपछि पल र अरुणले हात मिलाएका थिए ।

 

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ