+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पल र मलिकाको हिट जोडी’टाढा भए पनि’ मा

अत्रिदेव खबर
२०७७ फागुन ३, सोमबार

अत्रिदेव खबर/३फागुन
मिलन नेवारले गाएको गीत ’फूलबुट्टे सारी’ का हिट जोडी पल शाह र मलिका महत नयाँ गीतमा सँगै देखा परेका छन्।

भ्यालेन्टाइन्स डेको अघिल्लो दिन (फेब्रुअरी १३) सार्वजनिक भएको ’टाढा भए पनि’ बोलको गीतमा पल र मलिका सँगै देखिएका हुन्।
अस्मिता अधिकारी र उर्जेन दोङको स्वरमा रहेको यो गीतमा शब्द रचना र संगीत उर्जेनकै छ। सरगम स्टुडिओमा रेकर्ड भएको ’टाढा भए पनि’ मा केही शब्द तामाङ भाषामा पनि राखिएका छन्। तामाङ भाषाका शब्द रचना भने सांजे ब्लोन तामाङका हुन्।
विवेक रसाइलीद्वारा निर्देशित म्युजिक भिडिओका निर्माता केन्द्र लिम्बू र अर्विन पोमु लिम्बू हुन्।
यो समाचार तयार पार्दासम्म यसको भिडिओले युट्युबमा १८ लाख बढी भ्युज पाइसकेको छ।

 

२०७७ फागुन ३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन ३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ