+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा संगठन बिस्तारलाई तिब्रता दिदै एमाले,बिभिन्न पार्टी परित्याग गरी पचास जना एमालेमा प्रबेस

अत्रिदेव खबर
२०७८ चैत्र २०, आईतबार

अत्रिदेव खबर\२०चैत्र
स्थानिय तहको निर्बाचन नजिकिएसंगै नेकपाएमालेले कैलालीको घोडाघोडी नगरपालिकामा चुनाबी अभियानलाइ तिब्रता दिएको छ ।
स्थानिय तहको चुनावलाइ लक्षित गर्दै नेकपा एमाले घोडाघोडी नगरकमिटीको आयोजनामा शनिबार वडा नम्बर १० मा वडा स्तरिय बृहत भेलाको आयोजना गरिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम सहइन्चार्ज लिला भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भेलामा बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रबेश गर्नेलाई पोटिब्युरो सदस्य भण्डारीले स्वागत गरेकी थिइन ।


भेलामा नेकपा माओवादी केन्द्रका घोडाघोडी नगरकमिटी सचिबालय सदस्य देवा बिक,बिबेकशिल साझा पार्टीका नगर सदस्य माधव पौडेल,माओबादी केन्द्रका पुर्व जनमुक्ति सेना आसा बुढा,खन्टी रोकाया,माओबादी केन्द्रका हेमराज सापकोटा,सुसिला सापकोटा,धनन्जय बुढा,बेलुदेबी बुढा,पालीदेबी रोकाया,प्रसान्त घिमिरे,बिर्ख रोकाया,गोकुल सिंह लगायतका पचास जना नेकपा एमालेको निति तथा बिचार र स्पष्ट अडानलाई आत्मसात गदै पार्टी प्रबेस गरेको वडा कमीटी अध्यक्ष पुर्ण बडुवालले जानकारी दिनुभयो ।

वडाका जनता तथा नेकपा एमालेका शुभचिन्तकहरुको बृहत उपस्थितीमा भेला सभ्य र भब्यरुपमा सम्पन्न भएको र आगामी निर्बाचनमा नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने वडा कमिटी अध्यक्ष बडुवालले बताउनुभयो ।

२०७८ चैत्र २०, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र २०, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ