अत्रीदेव खबर/ असार १८ : एसईइ परिक्षा-२०८० को नतिजामा कैलालीको घोडाघोडी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिधालयहरुले उत्तीर्ण गराएको प्रतिसत नगरपालिकाले सार्बजनिक गरेको छ ।
नगरपालिकाले सार्बजनिक गरेको तथ्यांकअनुसार सामुदायिक तर्फ घोडाघोडी नगरपालिका-८ मा रहेको मेलघट्टी माबिले परिक्षामा सहभागी गराएको बिद्यार्थीहरु १०९ जना मध्य ४२ जना अर्थात ३८.५३ प्रतिसत बिद्यार्थी उत्तीर्ण गराएको हो यो नतिजानै सामुदायिक बिधालय तर्फा सबैभन्दा बढी उतिर्ण गराउने अग्रपंक्तिमा छ ।
त्यस्तै नगरपालिकाले सार्बजनिक गरेको तथ्यांकअनुसार निजि बिधालय तर्फा घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको पायोनियर स्कलर्स एकेडेमी पहलमानपुरले परिक्षामा सहभागी गराएको २२ जना मध्य २१ जना अर्थात ९९.४५ प्रतिसत उत्तीर्ण गराएको छ । संस्थागत बिधालयहरुमा पायोनियर्सले पास गराएको विद्यार्थी संख्यानै सबैभन्दा बढी भएको शिक्षा शाखाका मान बहादुर मल्लले जानकारी दिए ।