न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुल ,सदैब उत्कृष्ट


अत्रीदेव खबर / असार १४ : कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले एसइइ -२०८० मा उत्कृष्ट नतिजा ल्याएको छ ।
संसार सहितको शिक्षालाई मुलमन्त्रका रुपमा लिएको बिधालयका बिद्यार्थी पुष्पराज गिरिको उत्कृष्ट ३.७५ जिपिए सहितको नतिजा निकाल्न सफल भएको बिधालयका प्रीन्सिपल पिआर भण्डारीले जानकारी दिए ।
सुखड क्षेत्रलाइ आधार बनाएर बिगत २६ बर्षदेखी गुणस्तरीय शिक्षा प्रदाद गर्दै आइरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आएकोमा आफुहरु सन्तुष्ट रहेको अभिभावहरुले बताए ।
बिधालयका प्रीन्सिपल पिआर भण्डारीले अभिभावकहरुको चाहना र बिद्यार्थीहरुको गुणस्तरतामा कुनै सम्झौता नगरिकनै आफुहरु बिगतदेखी हालसम्म लागिपरेको बताए । आगामी दिनमा बिधालयले निवनतम प्रयोग गर्दै अघि बढ्ने प्रीन्सिपल भण्डारीको भनाइ छ ।

सम्बन्धित समाचार