अत्रीदेव खबर / असार १४ : कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल एसइइमा लगातार तेश्रो बर्ष नगरपालिका प्रथम बनेको छ ।
पहलमानपुरमा स्थापना भएर शिक्षा क्षेत्रमा आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल कलम बम मेमोरियलका बिद्यार्थी प्रबिन बिष्ट एसइइ -२०८० मा उत्कृष्ट ३.८६ जिपिए अंक सहित घोडाघोडी नगरपालिका प्रथम भएको दाबी गरेको छ ।
लगातार तीन पटक पालिकामा पहिलो भएपछी बिधालयका प्रीन्सिपल युवराज बमले खुशी ब्यक्त गरेका छन । हाम्रो प्रयास तथा बिद्यार्थीहरुको लगाव अबि अभिभावकहरुको स्नेहले लगातार हामी उत्कृष्ट नतिजा पस्कन सफल भएका छौ बमले भने ।
कलम बम मेमोरियलको नतिजालाइ लिएर स्थानिय युवा निसान्त मिश्र भन्छन ” स्थानिय स्तरमा शैक्षिक गुणस्तर बढाउन कलम बमले गरेको प्रयास प्रशंसायोग्य छ ” । उनी थप्छन ” अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय संस्कार सहितको सर्वोत्कृष्ट शिक्षाका लागि सदैब अग्रस्थानमा रहोस ” ।