+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालबालिकालाई ‘एनिमल’ देखाएको भन्दै वान सिनेमाजलाई कारबाहीको माग

अत्रिदेव खबर
२०८० मंसिर १९, मंगलबार



अत्रीदेव खबर : बालबालिकालाई बलिउड फिल्म ‘एनिमल’ देखाएको भन्दै नयाँ बानेश्वरस्थित वान सिनेमाज हललाई चलचित्र विकास बोर्डले कारबाहीको माग गरेको छ।
सोमबार साँझ ६:३० बजे फिल्म चलिरहेको समयमा बोर्डका सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रविण पाण्डेलगायत हलमा चेकजाँच गर्न पुगेका थिए। 
यस फिल्मलाई सेन्सर बोर्डले एडल्ट प्रमाणपत्र दिएको छ। जसअनुसार १६ वर्षमुनिका बालबालिकालाई फिल्म देखाउन पाइँदैन। नियम विपरीत बालबालिकालाई फिल्म देखाएको भन्दै बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।
साथै बोर्डले १६ वर्ष मुनिका बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।

२०८० मंसिर १९, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १९, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ