+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा अस्थाई कोरोना अस्पताल संचालनमा

Bhojpur paani
अत्रिदेव खबर
२०७८ जेष्ठ ३, सोमबार

शोभा बिनाडी\३जेठ
सुखड् ःकैलालीको घोडाघोडी नगरपालिकाले अस्थाई कोरोना अस्पताल संचालनमा ल्याएको छ ।
नगरपालिकाले घोडाघोडी नगरपालिका–३ मा रहेको दरख स्वास्थ्य चौकीमा १० शैय्याको अस्थाई कोरोना अस्पताल अस्पताल सञ्चालनमा ल्याएको हो । एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी अन्य स्वास्थ्यकर्मी सहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै सङ्घीय सरकारले रु १० लाख पठाए पनि चिकित्सकका अभावले ढिलो गरी कोरोना अस्पताल सञ्चालनमा आएको पालिकाले जनाएको छ । अहिले तत्काल १० शय्याको अस्पताल सञ्चालनमा ल्याए पनि आवश्यकताको आधारमा शय्या थप्दै जाने स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले जानकारी दिनुभयो ।
अक्सिजनको अभाव भएका, ज्वरो आएका सङ्क्रमितलाई यतै राखेर उपचार गरिने र आइसियु, भेन्टिलेटरको आवश्यकता परेका बिरामीलाई मात्र बाहिर पठाइने उहाले बताउनुभयो । हाल अस्पतालमा १५ वटा अक्सिजन सिलिन्डर भए पनि अन्य सिलिन्डर खरिद प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । अक्सिजन सहितको अस्थाई कोरोना अस्पताल सञ्चालन आएपछि कोरोना सङ्क्रमणका बिरामी बाहिर जानु पर्ने बाह्यता हट्ने कैलाश कुमार रावतले बिश्वास ब्यक्त गर्नुभयो ।

घोडाघोडीले अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको छ । अब उक्त अस्पतालमा कोरोनाका लक्षण चिन्ह भएकाहरूको चेकजाँच, स्वाब सङ्कलन, परामर्श तथा फेबर क्लिनिक सञ्चालन गरीने नगरपालिकाले जनाएको छ ।

 

२०७८ जेष्ठ ३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ ३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर