+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्पकाे टाेकाइबाट एक बालकको मृत्यु

अत्रिदेव खबर
२०७८ बैशाख २४, शुक्रबार

बैतडी : बिषालु सर्पकाे टाेकाइबाट  बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-५ बस्तीका १३ वर्षीय पवन जोशी छन्।

बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पसलमा बसिरहेका बेला ती बालकलाई  सर्पले डसेको हो।  बिहीबार बेलुका सर्पले डसेका जोशीलाई गाउँमै जडीबुटी सहित उपचार गरेपनि राति नै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृतक स्थानीय कफलाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत रहेका आफन्तले बताएका छन्।

२०७८ बैशाख २४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ बैशाख २४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ