+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुखडमा केयर गिभर तालिम शुरु

अत्रिदेव खबर
२०७८ बैशाख १२, आईतबार

अत्रीदेव खबर/१२बैशाख
सुखड : कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप बिकाश तालिम प्रतिस्ठान बुटवलको आयोजनामा १ सय ६० घण्टे नि:शुल्क कियर गिभर तालिम शुरु भएको छ ।

आइतबार एक कार्यक्रमका बिच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले तालिमको उद्धघाटन गरेका छन । उद्दघाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सके स्वदेशमै रोजगार गर्नुपर्ने नसके जानेर बुझेर सीप सिकेर मात्र बिदेश जानुपर्ने बताए । मन्त्रालयले देशमै युबाहरुलाइ रोजगार बनाउन विभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको चौधरीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पनि धेरैभन्दा धेरै युबाहरुले देशमै रोजगार पाएको स्मरण गराउदै मन्त्री चौधरीले यसलाइ अझै ब्यवस्थित बनाउदै अघि बढ्ने विश्वास ब्यक्त गरे । देशमा बेरोजगार भएर दुख पाउने अवस्थाको अन्त्य  गर्न सरकार लागिपरेको चौधरीले बताए ।

व्यावसायिक तथा सीप बिकाश तालिम प्रतिस्ठान बुटवलका कार्यकारी निर्देशक उर्मिला गुवाजुको अध्यक्षतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी उप प्रमुख प्रेमकुमारी थापा निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह लगायतले वोलेका थिए ।

२०७८ बैशाख १२, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ बैशाख १२, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ