+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीको मुख्य राजमार्गमै देखिन थाल्यो बाघ,सालको पात टिप्न गएका माथि बाघले गर्यो आक्रमण

अत्रिदेव खबर
४ साल अगाडी

अत्रिदेव खबर,१ फागुन
फागुन । कैलालीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरबीचको जंगलमा शनिवार साँझ करीव ७ बजे बयस्क बाघ देखिएको छ । राजमार्ग पार गर्दै दक्षिणबाट उत्तरतर्फ जादै गरेको बाघको तस्वीर त्यही मार्ग भएर पूर्व तर्फ जादै गरेका यात्रुले कैद गरेका हुन् ।

बाघले राजमार्ग पार गर्दै गर्दा दुबै तर्फ सवारी साधनमा यात्रुहरु थिए । तर बाघले कसैलाई आक्रमण भने गरेन ।यसअघि शुक्रवार बिहान बाघको आक्रमणबाट कैलारी गाउँपालिका ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरी घाईते भएका थिए ।

बिबाहको प्रयोजनका लागि सालको पात टिप्न गएका बेला चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।आक्रमणबाट घाईते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

 

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ