+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने भएको छ।

बुधबार नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गरेको हो।

राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म हुने गरी तय गरेको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, ०७९ सालको लागि निर्धारण गरिएको दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजश्व कारोबार गर्ने शाखा काउन्टरहरू एवम् बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरू र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, सेवाग्राहीले एकैदिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी व्यवस्थापन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ