+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राशिफल

Astrologer

ज्यो. डा.उत्तम उपाध्याय न्यौपाने

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शुभ रङ: रातो मित्र राशि: सिंह, तुला, धनु शत्रु राशि: वृश्चिक, मीन शुभ अङ्क: ७ , ९ भाग्यशाली दिन: मङ्गलबार, आइतबार

  •   २०८२ फागुन ५, बुधबार को राशिफल

  • नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

  •   १० महिना अगाडी

  • मिहिनेत गर्दा साता फलदायी रहनेछ। काममा विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नाेकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग निकटता बढ्नेछ। व्यापार बढ्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। साेखले मालमत्ता जाेड्न प्रेरणा प्रदान गर्नेछ। सप्ताहान्तमा भने खर्चिलाे काम गर्नुपर्ने हुन सक्छ। लामाे यात्रा सम्भावना छ।

  •   २०८२ साल फागुन महिनाको राशिफल

  • विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुन सक्छ। राजनीतिक पृष्ठभूमि बलियो बन्नेछ भने शक्तिशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भोगविलासमा मन रमाउनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रेमको बन्धन कसिनेछ भने विपरीत लिंगीहरूको माध्यमबाट लाभ हुनेछ।

  •   २०८२ सालको राशिफल

  • मेष राशिलाई नयाँ वर्ष २०८२ सालकाे प्रारम्भिक समय उत्साहप्रद रहनेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। कर्मक्षेत्रमा मध्यम उपलब्धि हातलागी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुने ग्रहयोग छ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर वर्षभरि शनिको आद्य साढेसाती चल्ने हुँदा काममा केही अवराेध आउनेछन् र उपलब्धिमा कमी आउनेछ। स्वास्थ्यमा शिर तथा नसा–जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, परिवारमा मतभेद झुटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। खर्चभावमा शनिकाे उपस्थितिले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ, कर्जा बढ्नेछ र खर्च धान्न मुश्किल पर्नेछ। नाेकरी तथा राजनीतिमा समेत केही समस्या आउन सक्छन्। पहिलेका उपलब्धि जाेगाउन अतिरिक्त काम र मेहनत गर्नुपर्ला। राहु जेठदेखि आयभावमा सर्ने हुँदा आयआर्जनका नयाँ स्राेत फेला पर्नेछन्। राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सकिनेछ। केही संघर्ष गर्नुपरे पनि नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र, उपकरण तथा सवारीसाधन जुटाउने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ मनग्य फाइदा हुनेछ। राजनीतिमा गुमेकाे पद–प्रतिष्ठा पुनः प्राप्त हुनेछ। केतुकाे प्रभावले पेटकाे आन्तरिक प्रणालीमा समस्या उत्पन्न गर्ने हुँदा स्वास्थ्यका लागि सदैव सावधान रहनुहाेला। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा लाभ हुनेछ।