काठमाण्डौ : इरानले पश्चिम एसियामा रहेका आठवटा पुलको सूची जारी गर्दै यी सबै पुल नष्ट पारिदिने धम्की दिएको छ । इरानले जारी गरेको सूचीमा रहेका यी पुल यो क्षेत्रमा केही देशबीचको कनेक्टिभिटी र यातायातका लागि प्रमुख मानिन्छन् ।
रिपोर्टअनुसार इरानको सूचीमा कुवेत, यूएई, साउदी अरब र जोर्डनका केही महत्त्वपूर्ण पुल सामेल छन्, जसमा शेख जाबेर अल–अहमद समुद्री पुल (कुवेत), शेख जायर ब्रिज, अल मकता ब्रिज, शेख खलिफा ब्रिज (यूएई), किङ फहद कजवे (साउदी–बहराइन) र जोर्डनको किङ हुसेन, डामिया र अबदून ब्रिज रहेका छन् ।
यसअघि बिहीबार अमेरिका र इजरायलले इरानको करज शहरमा बी–१ ब्रिजमाथि दुईपटक हमला गरेका थिए, जुन हमलामा दुई जनाको मृत्यु भएको थियो भने पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।
यो पुल यसै वर्ष निर्माण पूरा भएर सूचारु भएको थियो । जुन पश्चिम एसियाकै सबैभन्दा अग्लो पुल मानिन्थ्यो । करिब १ हजार ५० मिल लामो र १३६ मिटर अग्लो यो पुलको निर्माणमा करिब ४ सय मिलियन डलर खर्च लागेको थियो ।
२०८२ चैत्र २०, शुक्रबार