काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिपक्षीको आवाज कमजोर नबनाउने बताएका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले प्रतिपक्षीको आवाज कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने तर्क गरे ।
उनले भने, ‘हामीले अस्ति भर्खरै देखेका छौँ । प्रतिपक्षी कमजोर बनाउँदा कस्तो हुन्छ भन्ने । हामी त्यसो गर्न दिने छैनौँ ।’ उनले प्रतिपक्षीलाई समेत साथमा लिएर अघि जाने बताएका छन् । प्रतिपक्षीलाई उचित ठाउँ हुने भन्दै सत्तापक्ष र प्रतिपक्षी एकअर्काका पूरक भएको बताए ।
साथै, लामिछानेले विपक्षी दललाई निरन्तर खबारदारी गर्नसमेत भनेका छन् । ‘जनताका आवाज सम्झाइरहनुहोला । कतै बाटो बिरायौँ भने झकझक्याइदिनुहोला,’ उनले भनेका छन् ।
२०८२ चैत्र १९, बिहिबार