काठमाण्डौ : नेकपा एमालेका सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जादुमयी विजय जस्तो देखिए पनि रास्वपाको जित स्वभाविक नभएको बताएका हुन् ।
‘जादुमयी विजयको लागि बाह्य पक्ष, टिओब,ि एआइ, अल्गोरिदम धेरैले काम गरे । देश जलाउने, खलपात्रलाई नायक बनाइयो । उनीहरूले उनीहरुले निर्णायक भूमिका खेले,’ उनले भने, ‘रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ ।’
उनले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्न गरेका छन् । हतियारधारी टिओबी जेन–जी विद्रोहमा उपस्थित भएको कुरालाई पनि उनले पनि शंकास्पद रुपमा उठाए । साथै पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई कुन उद्देश्यले पक्राउ गरियो भन्दै उनले प्रश्न उठाएका छन् ।
२०८२ चैत्र १९, बिहिबार