सुखड : कैलाली क्षेत्र नम्बर–३ मा यतिबेला राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट क्षेत्र नम्बर–३ का उम्मेदवार बिरमान चौधरीको लोकप्रीयताले नयाँ तरंग सिर्जना भएको छ । गाउँ–गाउँ, टोल–टोल र चोक–चौराहामा अहिले एउटै चर्चा सुनिन्छ – “अबको नेतृत्व बिरमान चौधरी !”
लामो समयदेखि जनतासँग नजिक रहेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका चौधरीप्रति आम मतदाताको आकर्षण बढ्दो देखिएको छ । विशेष गरी युवा वर्ग र विद्यार्थी समुदाय खुलेर समर्थनमा उत्रिएको दृश्यले चुनावी माहोल झनै उत्साहित बनेको छ । कलेज परिसरदेखि बजार क्षेत्रसम्म युवाहरूले “हामीलाई चाहिन्छ परिवर्तन, हाम्रो रोजाइ बिरमान” भन्दै समर्थन जनाइरहेका छन् ।
स्थानीय कृषक, व्यवसायी तथा श्रमिक समुदायले पनि विकास, रोजगारी र पारदर्शी नेतृत्वको अपेक्षासहित चौधरीप्रति भरोसा व्यक्त गरेका छन् । क्षेत्र नम्बर–३ मा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र युवाका लागि अवसर सिर्जनालाई मुख्य एजेन्डा बनाउँदै अघि बढेको उनको अभियानलाई जनस्तरबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।
चुनावी भेटघाटहरुमा उल्लेख्य भीड देखिन थालेपछि राजनीतिक विश्लेषकहरूले समेत कैलाली–३ मा प्रतिस्पर्धा रोचक बन्ने आँकलन गरेका छन् । समर्थकहरूका अनुसार “यसपटक जनताले खोजेको नेतृत्व बिरमान नै हो” भन्ने सन्देश घरदैलो अभियानमार्फत व्यापक रूपमा फैलिँदै गएको छ ।
कैलाली क्षेत्र नम्बर–३ मा चुनावी लहर कसको पक्षमा बग्ने हो भन्ने अन्तिम निर्णय मतपेटिकाले दिनेछ, तर हालको माहोलले भने एउटा कुरा स्पष्ट देखाएको छ जनताले नेतृत्वको नयाँ आशा खोजिरहेका छन्, र त्यो आशाको नाम धेरैका ओठमा छ, बिरमान चौधरी।
२०८२ फागुन १५, शनिबार