+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बदलिँदो प्रचार शैली र आइटी रणनीतिसहित नेकपा क्षेत्र नं. ३ चुनावी मैदानमा

अत्रिदेव खबर
२०८२ माघ १०, शनिबार

भजनी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नम्बर ३ मा उम्मेदवार बिरमान चौधरीलाइ बिजयी बनाउनका लागि केन्द्रीय सदस्य लाजुराम चौधरीको नेतृत्वमा ११०१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

जस अन्तर्गत निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पालिकाहरुको संयोजकमा घोडाघोडी इन्चार्ज खुशिराम चौधरी ,भजनी नगरपालिका बिनिता चौधरी, कैलारी गाउँपालिका परशुराम चौधरी”मिसन” लाई जिम्मेवारी तोकिएको छ ।

बैठकले निर्वाचनको प्रचारप्रसार तथा अहिलेको  बद्लिदो प्रचार शैली तथा डाटा अध्यन सहितको आइटी परिचालन समितिको संयोजक प्रकाश मिश्रलाइ दिएको हो ।

त्यस्तै विभिन्न राजनितिक दलहरुसंग संवाद तथा  अन्तरक्रीया गर्नका लागि दिपक मिश्र ,चन्द्र बोहरा,पुष्कल बम , दिपक सुनार लाई जिम्मेवारी दिइएको छ भने प्रतिबद्धता लेखनका लागि खेम जोशिको नेतृत्वमा समिती बनाइएको छ ।

भजनिमा सम्पन्न क्षेत्रीय बैठकले पर्चा पम्प्लेट तथा प्रचार प्रसारका आस्विन चौधरी दुर्गा अधिकारी उद्द्गम ,श्याम सापकोटालाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन समयसम्मको युवा परिचालनका लागि नैन चौधरी”बिबेक”को नेतृत्त्वमा समिती बनाइएको छ भने महिला परिचालनका लागि दुर्गा चलाउने खड्का “मलागीलाइ जिम्मेवारी दिइएको हो ।

बैठकले स्वयम् सेवक परिचालनको जिम्मेवारी बिपिन आचार्यलाई दिएको निर्वाचन परिचालन समितीका संयोजक लाजुराम चौधरीले जानकारी दिनुभयो ।

२०८२ माघ १०, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ माघ १०, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ