+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुस्ताङमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय शिलान्यास

अत्रीदेव खबर
२०८२ जेष्ठ २९, बिहिबार

मुस्ताङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको जिल्ला कार्यालय भवनको शिलान्यास गरेका छन्। बिहीबार बिहान सदरमुकाम जोमसोममा एक कार्यक्रमका बीच उनले सो भवनको शिलान्यास गरेका हुन्। प्रचण्डसहितका माओवादी नेताहरू बुधबारदेखि मुस्ताङ भ्रमणमा छन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गरे। उनले पार्टी कार्यालयले संगठन विस्तार र जनसम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।

प्रचण्डसँगै अन्य माओवादी नेताहरू पनि मुस्ताङ भ्रमणमा रहेका छन्। यो भ्रमणलाई पार्टीको सांगठनिक गतिविधि र स्थानीय जनसरोकारका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। पार्टी कार्यालयको शिलान्यासले मुस्ताङमा माओवादी केन्द्रको उपस्थिति थप बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २९, बिहिबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ