+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि, १० महिनामा १३ खर्ब ५६ अर्ब नाघ्यो

अत्रीदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो १० महिनामा नेपालको रेमिटेन्स आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यस अवधिभरको तथ्याङ्कले अर्थतन्त्रमा रेमिटेन्सको महत्त्वपूर्ण योगदान कायमै रहेको देखाउँछ।

राष्ट्र बैंकको रिपोर्टअनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो। २०८२ वैशाख महिनामा मात्रै रेमिटेन्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या यस अवधिमा ४ लाख ५ हजार ६१० पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो। यसले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि लगातार बढिरहेको देखाउँछ।

यो वृद्धिले नेपालको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ