+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थनबर्गसहितको जहाज नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध- टर्की

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ :  टर्कीले इजरायलले स्वीडिश वातावरणीय कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई नियन्त्रणमा लिएको विषय अन्तर्राष्ट्रिय कानूनको विरुद्ध भएको बताएको छ ।

टर्कीको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायली सेनाले गाजा जाने जहाजलाई रोक्ने कार्यलाई अन्तर्राष्ट्रिय कानूनको विरुद्ध भएको टिप्पणी गरेको हो ।

टर्कीले भनेको छ- ‘इजरायली सेनाले गाजामा सहायता पुर्‍याउन लागेको ‘मेडलाइन’ नामक जहाजलाई रोकेको छ र त्यसमा हाम्रा नागरिकहरू पनि सवार छन् । यो जहाज त्यतिबेला अन्तर्राष्ट्रिय पानीमा रहेको । यो कार्य अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको छ । नेतन्याहू सरकारको यो कडा कदमले समुद्री सुरक्षा र नेभिगेसनको स्वतन्त्रतालाई खतरामा पार्छ र इजरायल आतंक फैलाउने देश बनेको देखाउँछ ।’

टर्कीको विदेश मन्त्रालयले इजरायलको यी गलत र गैरकानूनी कार्यहरूले मानवता र न्यायको लागि लड्नेहरूको आवाजलाई दबाउन नसक्ने बताएको छ । इजरायली सेनाले सोमबार गाजा पट्टीमा मानवीय सहायता बोकेको संगठन फ्रिडम फ्लोटिला गठबन्धनको जहाजलाई नियन्त्रणमा लिएको थियो । यस जाहाजमा वातावरणीय अभियन्ता ग्रेटा थनबर्गअहित १२ जना रहेका छन् ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ