गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका थिए । यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी थियो । योसँगै करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली भएको छ ।
क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।