+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु

अत्रीदेव खबर
२०८२ जेष्ठ २४, शनिबार

काठमाडौँ :  अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ ।

भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा गए राति दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। छिमेकीहरूका अनुसार सो परिवार करिब छ महिनाअघि नेपालबाट पुगेको थियो ।चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले हत्या वा आत्महत्या को विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

२०८२ जेष्ठ २४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २४, शनिबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ