+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको उपस्थिति

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौँ:  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा सम्पन्न गरियो।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए। भोटो जात्रा लिच्छवी कालदेखि मनाउँदै आएको विश्वास गरिन्छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ