+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देशभर मनसुनी वायुको प्रभाव कायमै,यी स्थानमा हुनेछ भारी वर्षा

अत्रिदेव खबर
२०८१ अषाढ ३१, सोमबार


अत्रीदेव खबर /असार ३१ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। 

महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। 

 शनिबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार राति भने केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एक-दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

२०८१ अषाढ ३१, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३१, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ