+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डुबानमा कंचनपुर ,७ महिने बालकको मृत्यु

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार

अत्रीदेव खबर / असार २४ : लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्।

पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार डुबानमा परेका ४६६ घरपरिवारका १ हजार ६२२ जनालाई सुरक्षित ठाउँमा सार‍िएको छ।

जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुबानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ।

भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए। 

यस्तै घर डुबानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो।
घरभित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ।

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ