+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सतीदेवी’ को गीत सार्वजनिक

अत्रिदेव खबर
२०८१ अषाढ ७, शुक्रबार


अत्रीदेव खबर / असार ७ : लक्ष्मण सुवेदीको लेखन एवं निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ को गीत सार्वजनिक गरिएको छ। 
शुक्रबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गीत ‘लैजा दैव फिर्ता लैजा’ मा फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदनालाई प्रस्तुत गरिएको छ। यसमा ममता गुरूङको स्वर छ। सुभाष भुसालको संगीत रहेको गीतका शब्द निर्देशक सुवेदी स्वयंले कोरेका हुन्। 

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ।

श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेको फिल्मको कथा पनि निर्देशक सुवेदीले नै लेखेका हुन्। 
छोरीको कथा प्रस्तुत गर्ने ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

२०८१ अषाढ ७, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ७, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ