+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्लो बाइक प्रतियोगिताका बिजेताले गरे घोडाघोडी क्लवलाइ सहयोग

अत्रिदेव खबर
२०८० फागुन १९, शनिबार


अत्रीदेव खबर / कैलालीको सुखडमा आज सम्पन्न कैलाली स्लो बाइक कम्पिटिसनका बिजेताहरुले घोडाघोडी क्लवलाइ आर्थिक सहयोग गरेका छन ।
बास उपशाखा घोडाघोडीको आयोजनामा सम्पन्न प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुने क्रमस रोसन शाही,बिरेन्द्र शाही र गणेश शाहीका तर्फबाट संयुक्तरुपमा नगद दस हजार घोडाघोडी क्लवका अध्यक्ष होम तामाङ्गलाइ लगत्तै हस्तान्तरण गरिएको हो ।
तिब्र गति जीवन क्षती भन्ने नाराका साथ दुर्घटना न्यूनीकरणका लागि सामाजिक क्रीयाकलापमा सक्रीय रहदै आएको बास नेपालको घोडाघोडी उपशाखाको आयोजनामा भएको प्रतियोगितामा २३ जनाले सहभागिता जनाएका थिए ।
बास उपशाखा घोडाघोडीका अध्यक्ष इन्द्रा कुमारी केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत रहेका थिए भने कार्यक्रमको संचालन बास घोडाघोडीका सचिव खेम ढुङ्गानाले गरेका थिए ।

२०८० फागुन १९, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० फागुन १९, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ