केही समाज परिवर्तन का निम्ति कागजी खाँकाहरु निर्माण गरेर राखेको छु । जस्तो कि शैक्षिक सुधारका बिषय, वातावरण प्रदूषण नियन्त्रका विषय साथै लागुऔषध दुर्व्यसनी न्युनीकरण का विषयहरु ! यि कुराहरुलाई सुधार गर्न सक्यो भने अवस्य पनि केही न केही हाम्रो नगर सुधार र असल बन्नमा बामे सर्न टेवा पुग्ने छ । वास्तवमा विकाश केहो ? मलाई त लाग्छ विकासका पूर्वाधारहरू शिक्षा स्वास्थ्य खानेपानी र सञ्चार जस्ता विषयलाई अगाडि बढाउन सबैभन्दा बढी चेतना को आवस्यकता पर्दछ आशा छ यि बिषयमा पनि तपाईको जोड रहनेछ ! हजुरको शालिनत सरल जीवन शैलीमा म धेरै प्रभावित भएको छु हजुरको कार्यशैलीमा प्रभावित हुन्छु हुदैन समयले देखाउला राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्ने चेतना अवस्य बोकेको छु। तपाईलाई सवै कुरा थाहा छ हाम्रो समाजमा काम भन्दा कुरा बढी गरेर समय वर्वाद गर्ने परिपाटी चलिरहेको छ भुतमा के भयो के भएन कसले के गर्यो के गरेन त्यस विषयमा समिक्षा गरेपनि त्यसमै समय विताउनु अवस्य राम्रो हुने छैन ।
बोलेर भन्दा पनि गरेर देखाउन सके अवस्य राम्रो हुनेछ ! तपाई शिक्षित र संघर्षरत युवा हो तपाईलाई सवै विषय थाहाँ छन सकारात्मक विचार र सकरात्मक विचार अंगानुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु यहाँ मैले म भनिरहदा म मात्र नभई सम्पूर्ण जनवोली लाई बुझ्नुहुनेछ त्यसमा पनि विश्वस्त छु ! सबै भन्दा ठूलो समस्या त हाम्रो समाज भयावह अवस्था बाट गुज्रिरहेको छ यसलाई निराकरण गर्नु अपरिहार्य छ ।
मैले त अब सभ्य समाज निर्माणमा मेरो भूमिका भन्ने नारा लिई प्रत्येक नागरिक संग पुग्ने धोको राखेको छु त्यसमा तपाई लगायत सम्पूर्ण बौद्धिक व्यतित्वले पनि साथ दिनुनै हुनेछ । जब प्रत्येक व्याक्ति सचेत हुन्छ तब परिवार समाज हुदै राष्ट्र सभ्य हुने कुरामा दुई मत नै छैन ! हजुरको – सहयोग रह्यो भने हजुरकै साथमा रही समाज सेवा र सकरात्मक कार्यका लागि निश्वार्थ भावनाले लागि पर्नेछु भन्ने प्रण समेत राख्दछु ! हजुर मेरो मात्र अभिभावक नभई सम्पूर्ण नगरवासी गरिब निमुखा हजारौ बेरोजगार युवा सयौ भूमिहिन नागरिकको अभिभावक हो, त्यसैले सबैको मन जितेर सबैलाई मिलाएर समग्र घोडाघोडी नगरलाई भिक्षित विकसित सम्वृद्ध सुसस्जित र नमुना पालिका बनाउनमा महत्वपूर्ण भूमिका खेल्नुहोस मेरै उमेर समुहका हजारौ विदेशमा रहेका युवालाई स्वदेशमै फर्किने वातावरण मिलाउने प्रयत्न गर्नुहोस सम्पूर्ण जनमानसको साथ सदैव रहनेछ