+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विप्लवको राजनीतिक अवतरण, हेर्नुस् तस्विरमा

अत्रिदेव खबर
२०७७ फागुन २१, शुक्रबार

अत्रिदेव खबर/२१फागुन
कााठमाण्डौ ः दुई वर्षसम्म राजनीतिक प्रतिबन्ध खेपेको नेपाल कम्युनिस्ट पार्टी शुक्रबारदेखि खुला राजनीतिमा आएको छ। वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लवको दलमाथि प्रतिबन्ध लगाएको थियो।

भूमिगत अवस्थामा पनि विप्लव समूहले कतिपय क्षेत्रमा गैरराजनीतिक घटना घटायो। सरकारका तर्फबाट पनि सो समूहका नेतामाथिको धरपकड बढाइएको थियो। विप्लवबाहेकका दोस्रो तहका अन्य नेताहरु धमाधम पक्राउ परेका थिए। यसअघि सांसद सोमप्रसाद पाण्डेयको नेतृत्वमा गठन गरेको वार्ता समितिसँग कुरा गर्न अनिच्छुक रहेको विप्लव समूह पछिल्लो समयमा वार्ताका लागि सकारात्मक बनेको थियो।

प्रतिनिधिसभा विघटनसँगै विप्लवखसँगको वार्ताले नयाँ मोड लिएको थियो।

यही साता लगातार रुपमा भएको सरकारी वार्ता टोली र विप्लव समूहबीचको वार्तामा सहमति भएसँगै बिहीबार सो समूहमाथिको प्रतिबन्ध पनि हटाइएको थियो। सोसँगै विप्लव नवलपरासीमा सार्वजनिक भएर काठमाडौँ आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च सेयर गरे। पहिलो पोष्टबाट साभार

हेर्नुस् विप्लवको राजनीतिक अवतरण

२०७७ फागुन २१, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन २१, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ