काठमाण्डौ : सम्पत्ति शुद्धीकरणको अुनसन्धानका लागि व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबील)ले पक्राउ गरेको हो । केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो । विभागले पत्र लेखेर अध्यागमन विभागलाई आवतजावत रोक्न भनेको थियो । उक्त पत्रका अधारमा विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा केही वर्षदेखि अनुसन्धान भइरहेको थियो । तर, जेन–जी आन्दोलनपछि भने उनीमाथिको अनुसन्धानले तीव्रता पाएको थियो । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडाैँ नक्साल गैरीधाराबाट पक्राउ गरिएकाे हो ।
२०८२ चैत्र १९, बिहिबार